राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल
काठमाडौं, वैशाख २७ : राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ संक्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड...
काठमाडौं, वैशाख २७ : राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ संक्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो ।
सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले संक्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए। यसअघि गत वर्ष पनि संक्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो ।
अहिले ५० शय्यामा संक्रमितको उपचार गरिएको सेन्टर बुधबारबाट पूर्ण रुपमा कोभिड अस्पतालको रुपमा सञ्चालन हुने छ । निर्देशक डा.पौडेलले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने बताए ।
सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने उनले बताए । अहिले सेन्टरमा ७० कोरोना संक्रमितको उपचार भइरहेको छ ।











-1790332718.jpg)