गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य
कास्की, वैशाख २७ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन प्रदेश...
कास्की, वैशाख २७ : गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन सोमबार अन्त्य गरेकी हुन् ।
मुख्यमन्त्री गुरुङले अधिवेशन सुरु नहुँदै राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख पौडेलले विशेष अधिवेशन अन्त्यको घोषणा गरिन् ।
प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् ।
प्रकाशित मिति: १५:०० बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)