पार्टी विभाजन भए माधव समूहमा जाने वामदेवको घोषण
‘यदी उहाँहरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै गौतमले भने ।
काठमाडौं, वैशाख २७ : नेकपा एमाले विभाजित भए आफू माधव नेपाल समूहमा जाने एमाले उपाध्यक्ष वामादेव गौतमले घोषणा गरेका छन् । सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँगको छलफलपछि आफ्नो धारणा सर्वाजनिक गर्दै उपाध्यक्ष गौतमले पार्टी विभाजन भए माधव ुमूहमा जाने बताएका हुन्।
‘यदी उहाँहरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु,’ ओलीसँगको छलफलपछि दुई बुँदे धारणा सार्वजनिक गर्दै गौतमले भने, ‘तर अहिलेकै समानान्तर गतिविधिमा भने सामेल हुन सक्दिनँ।’
ओलीसँगको भेटमा गौतमले जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेको गरेको बताइएको छ। तर, ओलीले आफू त्योभन्दा धेरै अघि बढिसकेको जवाफ दिए पछि गौतमले ओलीलाई साथ दिन नसक्ने बताएका थिए ।
‘नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा गुर्न भएको छ यसमा मेरो सहमति छैन,’ गौतमले भने ।











-1790332718.jpg)