Kathmandu Press

प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

काठमाडौं, वैशाख २७ : प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बैठक बस्ने जानकारी सदनलाई दिए ।

दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दलीय आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले बैठकमा उठेका प्रश्नको जवाफ दिने र विश्वासको मतमा मतविभाजन गर्ने कार्यसूची छ ।
 

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्