संवैधानिक आयोगको पदाधिकारीमा को–को भए सिफारिस ?
काठमाडौं, वैशाख २७ : आइतबर बसेको संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदमा नियुक्तका लागि सिफारिस गरेको छ। आइबारको बैठकले गरेको पदाधिकारी नियुक्तीको...
काठमाडौं, वैशाख २७ : आइतबर बसेको संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदमा नियुक्तका लागि सिफारिस गरेको छ। आइबारको बैठकले गरेको पदाधिकारी नियुक्तीको सिफारिसमा परेका हरुको नामावली सर्वाजनिक भएको छ ।
संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको थियो। सिफरिसमा परेका अन्यको नामा भने सर्वाजनिक भएको थिएन ।
संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट हुने व्यवस्था छ ।
को–को परे सिफारिसमा ?
लोकसेवा आयोग : माधव बेल्बासे, वीरबहादुर राई, उदय सिलवाल र मञ्जु कुमारी (सदस्य) ।
अख्तियार : डा. हरि पौडेल, र डा. सुमित्रा श्रेष्ठ(आयुक्त) ।
निर्वाचन आयोग : सगुनशम्शेर जबरा(सदस्य) ।
समावेशी आयोग : डा. रामकृष्ण तिमिल्सेना (अध्यक्ष), पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री (सदस्य) ।
प्राकृतिक स्रोत तथा वित्त आयोग : विपीनराज निरौला र सुधाकुमारी झा (सदस्य) ।
राष्ट्रिय महिला आयोग : जया घिमिरे र सावित्राकुमारी शर्मा तिवारी (सदस्य) ।
राष्ट्रिय दलित आयोग : सुन्दर पुर्कुटी (सदस्य) ।
राष्ट्रिय आदिवासी जनजाति आयोग : सूर्यबहादुर गुरुङ(सदस्य) ।
मधेशी आयोग :आभा कुमारी(सदस्य) ।
थारु आयोग : डा. उमाशंकर चौधरी (सदस्य) ।
मुस्लिम आयोग : मोहमद सम्सुल हक (सदस्य)। ९सर्लाही०











-1790332718.jpg)