प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु
प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतबारे निर्णय गर्न प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । विश्वासको मतबारे आजै निर्णय हुने कार्यसूची छ ।
काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतबारे निर्णय गर्न प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु भएको छ । विश्वासको मतबारे आजै निर्णय हुने कार्यसूची छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी थिइन् ।
प्रमुख विपक्षी दल कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रले विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् । यस्तै, सत्तारुढ एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
चौथो ठूलो दल जसपाले भने ह्विप जारी नगरी विपक्षमा मतदान गर्न या तटस्थ बस्न आफ्ना सांसदलाई स्वतन्त्र छाडिदिएको छ ।
एमालेको नेपाल–खनाल समूहले भने प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहने निर्णय गरेको छ ।
प्रतिनिधिसभामा एमालेका एक सय २१, कांग्रेसका ६१, माओवादी केन्द्रका सभामुखसहित ४९, जसपाका ३२ तथा राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र १–१ सांसद छन् ।











-1790332718.jpg)