Kathmandu Press

चितवनमा ६ जना संक्रमितको मृत्यु

चितवन, वैशाख २७ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचार गराइरहेका पाँच जनाको र भरतपुर अस्पतालमा...
चितवनमा ६ जना संक्रमितको मृत्यु

चितवन, वैशाख २७ : चितवनमा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचार गराइरहेका पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई चितवनकै रहेको र ४ जना अन्य  बाहिरी जिल्लाका रहेको बताइएको छ।

भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया भई यही वैशाख १६ गते अस्पताल भर्ना भएकी उनमा १७ गते संक्रमण पुष्टि भएको थियो । रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


यस्तै, नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका छन्।  कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुष, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्