Kathmandu Press

न्यूरोडमा स्मार्ट पार्किङ सुरू (पाँच तस्वीर)

काठमाडौं, असार १ : न्यूरोडमा स्मार्ट पार्किङ सुरू भएको छ। आइतबार बिहान एक समारोहबीच काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्क....

न्यूरोडमा स्मार्ट पार्किङ सुरू (पाँच तस्वीर)
रिवाज राई

काठमाडौं, असार १ : न्यूरोडमा स्मार्ट पार्किङ सुरू भएको छ। आइतबार बिहान एक समारोहबीच काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले स्मार्ट पार्किङको उद्घाटन गरेका छन्।

ह्विल्स ट्रली योर्स प्रा.लिसँगको सहकार्यमा महानगरले स्मार्ट पार्किङ सुरू गरेको हो। न्यूरोडको  रामेश्वर मिठाई पछाडिको भाग, विशालबजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरिएको छ।

स्मार्ट पार्किङ उद्घाटन समारोहमा बोल्दै कामठाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य।

Hardik ivf

स्मार्ट पार्किङ स्टेसनमा एकपटकमा झण्डै आठ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने छ।

पार्किङका लागि अग्रिम बुकिङ गर्न सकिनेछ । यसका लागि ‘केएमसी पार्किङ’ एप एन्ड्रोइड र आईओएस दुवैमा मोबाइलमा डाउनलोड गर्न सकिने छ।

आजैदेखि स्मार्ट पार्किङ गर्न थालिएको छ।

प्रकाशित मिति: १०:५९ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्