Kathmandu Press

ट्रयाक्टर दुर्घटनामा शिक्षकको मृत्यु

डडेल्धुरा, असार १ : आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्रयाक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ।

आलितालस्थित समैजी आधारभूत ....

ट्रयाक्टर दुर्घटनामा शिक्षकको मृत्यु

डडेल्धुरा, असार १ : आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्रयाक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ।

आलितालस्थित समैजी आधारभूत विद्यालयमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ जाँदै गरेको बालुवा लोड भएको से २ त २८५० नं.को ट्रयाक्टर दुर्घटना हुँदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन्।

दुर्घटनापछि चालक धनजीत धामी भागेका छन्। बढी लोडकै कारण ट्रयाक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १०:४४ बजे, आइतबार, असार १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्