Kathmandu Press

कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिवको निधन

काठमाडौं, वैशाख २४ : संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ।तनहुँको म्याग्दे गाउँपालिका–१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको...
कोरोना संक्रमणबाट संसद सचिवालयका उपसचिवको निधन

काठमाडौं, वैशाख २४ : संघीय संसद सचिवालयका एक उपसचिवको कोरोना संक्रमणका कारण निधन भएको छ।

तनहुँको म्याग्दे गाउँपालिका–१ घर भई संसद सचिवालयमा काजमा कार्यरत उपसचिवको शुक्रबार विहान निधन भएको हो। सांसदहरुको स्वाब संकलन गरेकै दिन वैशाख २२ मा उनको स्वाब संकलन गरिएको थियो।

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार विहान शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनको केही समयअघि पित्तथैलीको पत्थरीको अप्रेशन गरिएको थियो। 

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्