Kathmandu Press

पिसिआर परिक्षणका लागि  प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं, वैशाख २४ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ।प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार शुक्रबार...
पिसिआर परिक्षणका लागि  प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौं, वैशाख २४ : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो।

प्रधानमन्त्री ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिँदैछन् । 

प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्