ललितपुरको अल्का अस्पतालमा अक्सिजन सकियो, उपचारमा समस्या
ललितपुर, वैशाख २४ : ललितपुरको अल्का अस्पतालले कोरोनाका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन सुरु भएको बताएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले...
ललितपुर, वैशाख २४ : ललितपुरको अल्का अस्पतालले कोरोनाका बिरामीहरुको उपचारमा अक्सिजनको समस्या देखिन सुरु भएको बताएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाइ उत्पन्न भएको बताएको हो ।
'अहिले आएर संक्रमितहरुको उपचारमा समस्या देखिन शुरु भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा बिरामीहरुको चाप बढ्दै गइरहेको छ, अक्सिजन आपूर्तिमा समस्या थपिँदै गइरहेको छ ।’
अस्पतालका अनुसार अल्का अस्पताललाई अहिले दैनिक १ सय ५० वटा सिलिन्डर आवश्यक पर्छ। ४४ वटा भने अल्का अस्पतालले आन्तरिक उत्पादनबाट व्यवस्था मिलाउँदै आइरहेको छ। अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेश सरकार, स्थानीय प्रशासन, स्थानीय तह, नागरिक समाज सञ्चारकर्मी लगायत सबैसँग आग्रह गरेको छ।

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











