सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाहीको सिफारिश
काठमाडौं, वैशाख २३ : राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आर्थिक वर्ष २०७६÷७७...
काठमाडौं, वैशाख २३ : राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने पदाधिकारी र कर्मचारीलाई कारबाहीका लागि सिफारिश गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन बुझाउँदै कारबाहीका लागि सिफारिश गरेको हो। सम्पत्ति विवरण बुझाउने पदाधिकारी र कर्मचारी ६५ हजार एक सय २८ जना छन्।
त्यस्तै, सम्पत्ति विवरण नबुझाउने १८ हजार एक सय ७० जना छन्। जसमा निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक, प्रदेश तथा स्थानीय तह लगायतका रहेका छन्। उनीहरूलाई कारबाही गर्न सिफारिश गरिएको हो।
सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीमध्ये निजामतीतर्फ तीन हजार चार सय २९, नेपाल प्रहरीतर्फ एक सय ६१, विद्यालय शिक्षक सात हजार चार सय ५१, प्रदेशका दुई सय ६३ र स्थानीय तहका चार हजार ६४ जना छन्।
प्रकाशित मिति: २०:१७ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











