यात्रुसँग बढी भाडा लिने २ जना पक्राउ

काठमाडौं, वैशाख २३ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने २ जनालाई बिहीबार कलंकी चोकबाट पक्राउ गरेको छ।
कलंकी चोकबाट काउण्टरका २ जना कर्मचारीलाई यात्रुसँग मनोमानी भाडा लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
काठमाडौंदेखि झापा मोरङ्गको नियमित भाडा एक हजार देखि १२ सयसम्म भएपनि यात्रुसँग दुई गुणा बढी अर्थात २ हजार ५ सयका दरले भाडा उठाउने खोटाङ्ग घरभई कलंकी बस्ने ३५ बर्षका भीम खड्का र रौतहट घर भई खसीबजार बस्ने ५० बर्षका बैजनाथ चौधरीलाई महाशाखाको सादा पोशाकको टोलीले पक्राउ गरेको हो ।
उपत्यकाको रिङ्गरोडमा चल्ने बा४ख १९२५ नम्बरको पाथिभरा दर्शनको भाडा बसमा यात्रु लाने गरी टिकट काटिएको समेत पाइएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











