गायक प्रेमध्वज प्रधानको निधन
काठमाडौं, वैशाख २३ : गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।प्रधानको बिहीबार दिउँसो सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको...
काठमाडौं, वैशाख २३ : गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।
प्रधानको बिहीबार दिउँसो सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।
८५ वर्षीय प्रधान वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए। उनलाई छातीमा समस्या देखिएपछि बिहीबार बिहान अस्पताल भर्ना गरिएको थियो।
गायक प्रधानका ‘पर लैजाउ फूलहरु’, ‘गोरेटो त्यो गाउँको’, ‘घुम्तीमा नआउ है’, ‘नमान लाज यसरी’, ‘तिम्रो मेरो जिन्दगी’लगायतका सयौं गीत लोकप्रिय छन्।
प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)





-1789895690.jpg)
