Kathmandu Press

कोरोनाबाट बाँकेमा थप १० जनाको मृत्यु

नेपालगन्ज, वैशाख २३ : बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको...
कोरोनाबाट बाँकेमा थप १० जनाको मृत्यु

नेपालगन्ज, वैशाख २३ : बाँकेमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार साँझ सवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जनाको मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ९ जना बाँके र एकजना जाजरकोटका रहेका छन्।

नेपालगन्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० की ७८ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१० का २७ वर्षीय युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ७८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषका साथै कोहलपुर नगरपालिका–५ का ३४ वर्षीय पुरुषको छन् । यसैगरी, भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिलाको मृत्यु भएको छ। बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो।

यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका १ सय २७ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्