Kathmandu Press

पूर्वमन्त्री पहाडीको कोरोनाबाट मृत्यु

नेपालगञ्ज, वैशाख २३ : कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको...
पूर्वमन्त्री पहाडीको कोरोनाबाट मृत्यु

नेपालगञ्ज, वैशाख २३ : कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो। 

उच्च रक्तचाप र मधुमेहबाट पीडित उनी कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो। दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए। 

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए। उनको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
 

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्