Kathmandu Press

कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

काठमाडौं, जेठ ३२ : फिलिप काउटिन्होको दुई गोलको मदतमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ। 

शनिबार बिहान साओ....

कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

काठमाडौं, जेठ ३२ : फिलिप काउटिन्होको दुई गोलको मदतमा आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ। 

शनिबार बिहान साओ पाउलोको मोरुन्बी रंगशालामा भएको उद्घाटन खेलमा आयोजक राष्ट्र ब्राजिलले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। 

ब्राजिललाई जिताउन काउटिन्होले दुई तथा एभर्टनले एक गोल गरेका थिए। ब्राजिललाई जित दिलाउन फिलिपे कौटिन्होले दुई गोल गरे । यस्तै एभर्टनले एक गोल थपे।

ब्राजिललाई बोलिभियाले पहिलो हाफ गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा तीन गोल खान पुग्यो। खेलको ५० औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै काउटिन्होले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए।

यस्तै, खेलको ५३ औं मिनेटमा हेडर गोल गर्दै काउन्टिहोले ब्राजिललाई २–० को अग्रता दिलाए। खेलको ८५ औं मिनेटमा एभर्टनले गोल गरेपछि ब्राजिल ३–० को जित निकाल्न सफल भयो।

जितसँगै समूह ‘ए’ मा रहेको ब्राजिल ३ अंक जोड्न सफल भयो। प्रतियोगितामा एसियाका दुई आमन्त्रित टिम जापान र कतारसहित १२ देश सहभागी छन्।
 

प्रकाशित मिति: १२:४९ बजे, शनिबार, जेठ ३२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्