सार्वजनिक स्थानलाई नियमित निसंक्रमण गर्दै महानगर
काठमाडौं, वैशाख २३ : काठमाडौं महानगरपालिकाले अस्पताल, सुरक्षा जाँच कार्यालय, मानिसको आवतजावत बढी हुने स्थानहरुका साथै एम्बुलेन्स लगायतका सवारी साधनलाई नियमित निसंक्रमण गरिरहेको छ।महानगरका...
काठमाडौं, वैशाख २३ : काठमाडौं महानगरपालिकाले अस्पताल, सुरक्षा जाँच कार्यालय, मानिसको आवतजावत बढी हुने स्थानहरुका साथै एम्बुलेन्स लगायतका सवारी साधनलाई नियमित निसंक्रमण गरिरहेको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली भन्छन् ‘बन्दाबन्दी भए पनि कतिपय मानिसहरु अत्यावश्यक कामले बाहिर निस्किनु पर्ने हुन्छ। यसरी मानिसहरु आवतजावत हुने ठाउँ, सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमणको काम गरिरहेका छौँ।’
यस्तै महामारीको नियन्त्रण नभएसम्म निसंक्रमणको कार्यलाई निरन्तरता दिइने ज्ञवाली बताउँछन्।


प्रकाशित मिति: १०:५८ बजे, बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











