Kathmandu Press

शोधकर्ता भन्छन्– चट्याङसँग हावा सफाइ गर्ने शक्तिशाली गुण

शोधकर्ताहरूले चट्याङसँग वायुमण्डल सफाइ गर्ने शक्तिशाली गुण रहेको दाबी गरेका छन् । हावाहुरीका बारेमा अध्ययनका क्रममा एकत्रित भएको तथ्यांक विश्लेषणबाट उनीहरू यो निष्कर्षमा...
शोधकर्ता भन्छन्– चट्याङसँग हावा सफाइ गर्ने शक्तिशाली गुण

शोधकर्ताहरूले चट्याङसँग वायुमण्डल सफाइ गर्ने शक्तिशाली गुण रहेको दाबी गरेका छन् । हावाहुरीका बारेमा अध्ययनका क्रममा एकत्रित भएको तथ्यांक विश्लेषणबाट उनीहरू यो निष्कर्षमा पुगेका हुन् । हालसम्म यो तथ्यलाई अस्वीकार गरिएको थियो ।

यसअघि पनि चट्याङमा वायुमण्डल सफाइ गर्ने गुण भएको बुझाइ नभएको होइन । चट्याङ पर्दा नाइट्रिक अक्साइड र हाइड्रोक्साइड उत्पन्न हुन्छन् । र, तिनले ग्रिनहाउस ग्यासलाई वायुमण्डलमा नष्ट गर्छन् ।

चट्याङ पर्दा हाइड्रोक्सिल र हाइड्रोपेरोक्सिल उत्पादन हुन्छ, जसले वायुमण्डलमा जम्मा भएका मिथेन र कार्बन मोनोक्साइडलाई नष्ट गर्छन् ।

Hardik ivf

‘पहिले हामीले बादलमा विशाल परिमाणमा हाइड्रोक्सिल र हाइड्रोपेरोक्सिलका संकेतहरू देख्यौँ र आफ्नै उपकरणमा खराबी छ कि भनेर शंका गर्‍यौं ?’ अमेरिकाको पेन्सिलभेनिया स्टेट युनिभर्सिटीका मौसमविद् विलियम बु्रनले भने, ‘हामीले उपकरणबाट आवाज निस्केको अनुमान गर्‍यौँ, त्यसैले हामीले डाटासेटबाट विशाल संकेतहरू हटायौँ र तिनीहरूलाई पछि अध्ययनका लागि प्रयोग गर्न सुरक्षित राख्यौँ ।’

सन् २०१२ को यो खोज कोलोराडो र ओक्लोहामामाथि उडान गर्ने नासाको विमानबाट लिइएको थियो, जसले आँधीबेहरीको माथिल्लो भाग मापन गथ्र्यो । हालै एकसाथ गरिएको विश्लेषण र जमिनमा जम्मा पारिएको तथ्यले बिजुली चम्किँदा वास्तवमै ठूलो मात्रामा अक्सिजन उत्पादन गर्ने कारक अक्सिडेन्ट्स उत्पन्न हुने गरेको देखियो ।

प्रयोगशालामा निरन्तर परीक्षणपछि वैज्ञानिकहरू वायुमण्डलमा बिजुली चम्किने र अदृश्य विद्युतीय ऊर्जा उत्पन्न हुँदा अधिक मात्रामा हाइड्रोक्सिल र हाइड्रोपेरोक्सिल कणहरू उत्पन्न  हुने गरेको निष्कर्षमा पुगे । अध्ययनको अर्को निष्कर्ष पनि छ, चट्याङ सधैँ जमिनमै झर्दैन । त्यसले बादलमा रासायनिक प्रतिक्रिया पनि गराउँछ ।

‘अहिलेसम्म मानिसलाई जमिनमा झर्र्ने चट्याङसँग मात्र चासो थियो, किनकि त्यसले जनधनको क्षति गराउँछ । तर, पछिल्ला दिनमा चट्याङबाहेकको ऊर्जामा वैज्ञानिकको दृष्टि छ, जसले बिजुली चम्किन मद्दत गर्छन्,’ बु्रन भन्छन् ।

अध्ययनका संलग्न शोधकर्ताका अनुसार दुईदेखि १६ प्रतिशसत विश्वव्यापी वायुमण्डलीय अक्सिडेसन बिजुली चम्काइसहितको चट्याङका कारण हुने अनुमान छ ।

पृथ्वीको तापक्रम वृद्धिसँगै चट्याङ पर्ने जोखिम पनि बढ्दो छ । यसबाट ग्रिन हाउस ग्यासको सन्तुलनमा फरक पार्ने अनुमान वैज्ञानिकको छ । थप तथ्य संकलन गर्न उनीहरूले थप परीक्षणमा जुट्ने योजना बनाएका छन् ।

- साइन्स अलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०६:४० बजे, बिहीबार, वैशाख २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्