शिक्षण अस्पतालको नयाँ भवनमा कोरोना उपचार कक्ष बनाइँदै

काठमाडौं, वैशाख २२ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा कोरोना उपचार कक्ष बनाउन लागिएको छ।
बुधबार काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडा ३ का वडाध्यक्ष दिपक केसी त्यसबारे जानकारी लिएका छन्। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दिनेश काफ्लेले नयाँ बनाउन लागिएको कोरोना कक्षबारे जानकारी दिँदै सहयोगका लागि आग्रह गरेका छन्।

क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोविड उपचार कक्ष बनाउने लागिएको उनले बताए। एक सय ४० वेड क्षमताको सेन्टरमा अहिले एक सयसम्म वेड सञ्चालन गरिने उनले बताए। यसमा ४० वटा बेड बुधबारबाटै सञ्चालनमा आएका छन्।
कोरोनाको सघन उपचार कक्ष चलाउन महानगरले भेन्टिलेटर खरिदका लागि सहयोग गर्न उनले आग्रह गरे। अस्पतालले दिने प्रस्तावमा महानगरले छिट्टै निर्णय गर्ने मेयर शाक्यले बताए।











