एरोसान हबलाई संयुक्त राष्ट्र संघको नविनता पुरस्कार
काठमाडौं, वैशाख २२ : स्मार्ट शौचालय निर्माण गरिरहेको एरोसान हबलाई संयुक्त राष्ट्र संघले पुरस्कृत गरेको छ। एरोसानले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअन्तर्गत विज्ञान, प्रविधि....jpg)
काठमाडौं, वैशाख २२ : स्मार्ट शौचालय निर्माण गरिरहेको एरोसान हबलाई संयुक्त राष्ट्र संघले पुरस्कृत गरेको छ।
एरोसानले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यअन्तर्गत विज्ञान, प्रविधि र नविनता पुरस्कार पाएको हो। एरोसानलाई स्मार्ट नमुना शौचालय निर्माणका लागि पुरस्कृत गरेको हो।
यससम्बन्धी राष्ट्र संघले आयोजना गर्न लागेको भर्चुअल सम्मेलनमा एरोसानले स्मार्ट शौचालयबारे प्रस्तुत दिने भएको छ। एरोसान सस्टेनेबल स्यानिटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यले सम्मेलनमा सहभागिता जनाउने भएका छन्।

एरोसान हबले निर्माण गरेका शौचालयहरू नेपालमा सार्वजनिक शौचालय निर्माणका लागि नमुना कार्यक्रम भएको अमात्यले बताए एरोसानले काठमाडौं र ललितपुरमा नयाँ स्मार्ट शौचालय निर्माण गर्नुका साथै पुराना शौचालयलाई मर्मत गरेर अत्याधुनिक बनाएको छ।
रत्नपार्क, नयाँ बानेश्वर, बुद्धपार्क र मंगलबजारमा निर्माण गरेका शौचालय प्रयोगमा आएका छन्। त्रिपुरेश्वर र पाटन ढोकामा यहि वर्ष सञ्चालनमा ल्याउने तयारी गरेको छ।











