Kathmandu Press

कोरोनाका कारण आर्थिक दृश्य चुनौतीपूर्ण देखियो : अर्थमन्त्री

काठमाडौं, वैशाख २२ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग...
कोरोनाका कारण आर्थिक दृश्य चुनौतीपूर्ण देखियो : अर्थमन्त्री

काठमाडौं, वैशाख २२ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक दृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 

बुधबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सहयोग सङ्गठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘समावेशी र दीगो आर्थिक विकासको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ। अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै छन्।’

आशातित रूपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड–१९ को  दोस्रो लहरबाट निक्कै ठूलो धक्का पर्या‍एको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताए। ‘कोभिड–१९ को विस्तारीत प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ,’ उनले भने, ‘यसैगरी समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासमा चुनौती थपिदिएको छ। गरीब एवं जोखिम समूह बढि प्रभावित भएको देखिँदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ।’ 

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूको बैठक भएको हो। बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो। 

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए। यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए। 

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड–१९ बाट आर्थिक पुनरुत्थानः समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टा–छुट्टै प्रस्तुति गरेका थिए। (रासस)

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्