Kathmandu Press

चाडपर्वका लागि आजबाट सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं, असोज १ : चाडपर्वलाई लक्षित गरेर आजबाट देशभर सुपथ मूल्य पसल सञ्चालन हुने भएका छन्।आजदेखि कात्तिक १५ गतेसम्म सहुलियत पसले सञ्चालन हुने...
चाडपर्वका लागि आजबाट सुपथ मूल्य पसल सञ्चालन

काठमाडौं, असोज १ : चाडपर्वलाई लक्षित गरेर आजबाट देशभर सुपथ मूल्य पसल सञ्चालन हुने भएका छन्।

आजदेखि कात्तिक १५ गतेसम्म सहुलियत पसले सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ। दशैं, तिहार र छठका लागि सहुलियत पसल सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।

डेढ महिनासम्म देशका विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन हुनेछन्। सहुलियत पसलमा चिनी र घ्युबाहेक सबै खाद्यान्न र दूग्धजन्य पदार्थको विक्री हुनेछ।

कम्पनीसँगै साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालनको व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकामा कम्पनीका शाखा कार्यालयहरु रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा पसल सञ्चालन हुनेछ।

काठमाडौं बाहिर पनि खाद्य सामग्री वितरण केन्द्रबाट सहुलियत दरमा उपभोग्य सामान खरीद गर्न पाइनेछ। यससँग साल्ट ट्रेडिङ र डीडीसीका शाखाहरुबाट पनि सहुलियत दरमा सामान पाइनेछ।

खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको कम्पनीकी सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले बताइन्। चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो सात रुपैयाँ छुट दिइनेछ।

साल्ट ट्रेडिङले नुनमा प्रति किलो दुई रुपैयाँ छुट दिने जनाएको छ। काठमाडौंमा सतुङ्गल, कालीमाटी, जावलाखेल, जडीबुटी र भक्तपुरबाट छुट दिने व्यवस्था गरिउको ट्रेडिङले जनाएको ५।

दुग्ध विकास संस्थानले घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने व्यवस्था गरेको छ।

प्रकाशित मिति: ०८:२५ बजे, शनिबार, असोज १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्