रोहित र सोमपाल चम्किदा युएईमाथि नेपालको शान्दार जीत
काठमाडौं, माघ १२- नेपालले तीन दिवसीय क्रिकेटको दोस्रो दिन शानदार जीत हात पारेको छ। युएईलाई १९.३ ओभरमा अलआउट गर्दै १४५ रनले विजयी हुँदै नेपालले शृंखला ....

काठमाडौं, माघ १२- नेपालले तीन दिवसीय क्रिकेटको दोस्रो दिन शानदार जीत हात पारेको छ। युएईलाई १९.३ ओभरमा अलआउट गर्दै १४५ रनले विजयी हुँदै नेपालले शृंखला बराबर गरेको छ।
नेपाललाई विजय बनाउन सोमपाल कामी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका थिए। सोमपालले ५ विकेट र सन्दीपले ४ विकेट लिएका थिए।
२४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएईले ९७ रनमात्र जोड्न सक्यो।
यो पनि पढ्नुस् : रोहित बने अर्धसतक बनाउने कान्छो क्रिकेटर
प्रकाशित मिति: १७:२६ बजे, शनिबार, माघ १२, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार










