Kathmandu Press

मुख्यमन्त्री पोखरेलले थपे तीन मन्त्री

बुटवल, वैशाख २१ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दै तीन मन्त्री थपेका छन्। मंगलबार मुख्यमन्त्री पोखरेलले रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कपिलवस्तुका धर्मबहादुरलाल...
मुख्यमन्त्री पोखरेलले थपे तीन मन्त्री

बुटवल, वैशाख २१ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तेस्रोपटक मन्त्रिमण्डल विस्तार गर्दै तीन मन्त्री थपेका छन्। 

मंगलबार मुख्यमन्त्री पोखरेलले रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, कपिलवस्तुका धर्मबहादुरलाल श्रीवास्तव र अर्घाखाँचीका चेतनारायण आचार्यलाई मन्त्री बनाएका छन्। श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रीवास्तवलाई शिक्षा तथा सामाजिक विकास र आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

Hardik ivf

यसअघि सोमबार शिक्षा तथा सामाजिक विकासमन्त्री बनेकी जनता समाजवादी पार्टिकी कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनको एक दिनमै मन्त्रालय हेरफेर गरिएको हो। 

योसँगै १० जनाको मन्त्रिमण्डल बनेको छ। आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेसँगै उनले चार जना मन्त्री थपेका थिए। सोमबार दुई जना थपेका थिए। 

प्रकाशित मिति: २१:१२ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्