Kathmandu Press

फुल कन्ट्याक्ट कराँतेका गुरु बज्राचार्यको कोरोनाबाट निधन

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष रामजी प्रसाद बज्राचार्यको कोभिड-१९ का कारण मंगलबार निधन भएको छ।
फुल कन्ट्याक्ट कराँतेका गुरु बज्राचार्यको कोरोनाबाट निधन

काठमाडौं, वैशाख २१ : नेपाल फुल कन्ट्याक्ट कराँते महासंघका वरिष्ठ उपाध्यक्ष रामजी प्रसाद बज्राचार्यको कोभिड-१९ का कारण मंगलबार निधन भएको छ।

उनी १६ वैशाखमा कोरोना संक्रमित भई गणेशमान सिंह मेमोरियल अस्पतालमा उपचाररत थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १९ वैशाखमा सशस्त्र प्रहरी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

२६ वैशाख ०१२ मा ललितपुर सातदोबाटोमा जन्मेका उनका एक र  छोरा र दुई छोरी छन्।

०३९ सालमा मार्सल आर्ट विधाले नेपालमा पनि वैधानिकता प्राप्त गरेपछि क्योकुसिन कराँतेको विकास, विस्तार र प्रबर्द्धनमा उनी सुरुदेखि नै लागिपरेका थिए। उनीबाट दीक्षित हजारौँ खेलाडीले अहिले यो विधालाई देशभर फैलाउन र माथि उठाउन मद्दत पुर्‍याइरहेका छन्।
 

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्