Kathmandu Press

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग

कञ्चनपुर, वैशाख २१ : ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ।

सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियानअन्तर्गत महाकाली अस्पताललाई सहयोग गरिएको हो। 

अक्सिजनको अभाव रहेको अवस्थामा ह्युमनिटीले सहयोग गरी अस्पतालमा उपचारार्थ भर्ना भएका  बिरामीको ज्यान जोगाउन सघाउ पुर्‍याएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।

यसअघि ह्युमनिटीले सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० र डडेल्धुरा उप क्षेत्रीय अस्पताललाई १० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो। 
 

प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्