Kathmandu Press

एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

काठमाडौं, वैशाख २१ : नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको...
एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न सकिने

काठमाडौं, वैशाख २१ : नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरहरुको प्रबन्ध गरेको छ।

केन्द्रको टोल फ्री नं ११४० रहेको छ भने एम्बुलेन्सका लागि १०२, शव व्यवस्थापनका लागि ११४० र शव व्यवस्थापनका लागि खटिएको टोलीबारे जानकारीका लागि १०५ मा सम्पर्क गर्न सकिने जनाएको छ। 

शव व्यवस्थापनका लागि मृतक प्रमाणपत्र, कोभिड–१९ को पोजेटिभ रिपोर्टसहितका कागजात छाउनीस्थित केन्द्रमा इमेल गर्न सकिनेछ। अस्पतालमा मृत्यु हुनेको हकमा सम्बन्धित अस्पतालले सिसिएमसीलाई शव व्यवस्थापनका लागि अनुरोधपत्र वा होम आइसोलेशनमा मृत्यु हुनेका हकमा स्थानीय पालिकाको पत्र आवश्यक पर्ने केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: १५:०३ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्