Kathmandu Press

बाँकेमा थप चार कोरोना संक्रमितको मृत्यु

बाँके, वैशाख २१ : शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी...
बाँकेमा थप चार कोरोना संक्रमितको मृत्यु

बाँके, वैशाख २१ : शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो। 

यसैगरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको हो। योसँगै भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको। बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ। 
 

प्रकाशित मिति: १४:३५ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्