Kathmandu Press

वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाको निधन

काठमाडौं, वैशाख २१ : न्याय परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्काको  मंगलबार ७७ वर्षको उमेरमा  निधन भएको छ।  कोरोना संक्रमणका कारण निरालाको...
वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निरालाको निधन

काठमाडौं, वैशाख २१ : न्याय परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्काको  मंगलबार ७७ वर्षको उमेरमा  निधन भएको छ।  

कोरोना संक्रमणका कारण निरालाको निधन भएको हो । सिराहा लडकबाहमा जन्मेका निरालाले  जनकपुरलाई कर्मथलो बनाएर  उनले लामो समय वकालत गरेका थिए । पैंतालीस वर्ष कानुन व्यवसायमा बिताएका थिए । उनले अग्रज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र कुसुम श्रेष्ठसँगै नेपाल ल फर्मबाट वकालत सुरु गरेका थिए । 

उनी तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि महान्यायाधिवक्ता बनेका थिए। परिषद् सदस्य पदमा बहाल रहेकै अवस्थामा निरालाको निधन भएको हो । उनी प्रधानमन्त्री केपी शर्मा वलीबाट गत वर्ष परिषद सदस्यमा नियुक्त भएका हुन् । उनी स्वच्छ र निर्भीक छविका रुपमा न्याय क्षेत्रमा चिनिन्छन् । 

निरालाको आजै पशुपति आर्यघाटमा दाहासस्कार गरिँदै छ । उनको निधनप्रति पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सामाजिक संजालमार्फत गहिरो दुःख व्यक्त गर्दै निराला थोरैमध्येका न्याय एवम् कानुनका मर्मज्ञ, असल साधक रहेको बताएका छ्न्।

प्रकाशित मिति: १३:२८ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्