सप्तरीका कोरोना संक्रमित शिक्षकको धरानमा मृत्यु
सप्तरी, वैशाख २१ : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ। उनको आज बिहान सवा पाँच बजे मृत्यु...
सप्तरी, वैशाख २१ : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ। उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो।
सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: १२:५० बजे, मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











