Kathmandu Press

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

झापा, वैशाख २१ : झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए। तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए।

मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षको थिए। भारतसँगको सीमा नजिक रहेको उक्त अस्थायी प्रहरी चौकीको टोली साइकल गस्तीमा निस्किएको थियो। हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो। गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन्।
 

प्रकाशित मिति: १०:३२ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्