Kathmandu Press

कोरोना संक्रमणबाट बागलुङमा एक जनप्रतिनिधिको मृत्यु 

काठमाडौं, वैशाख २१ : कोरोना संक्रमणबाट बागलुङमा एक जनप्रतिनिधिको मृत्यु भएको छ ।बागलुङको ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको कोरोना...
कोरोना संक्रमणबाट बागलुङमा एक जनप्रतिनिधिको मृत्यु 

काठमाडौं, वैशाख २१ : कोरोना संक्रमणबाट बागलुङमा एक जनप्रतिनिधिको मृत्यु भएको छ ।

बागलुङको ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनको धौलागिरी अस्पतालमा आइसियुमा राखेर उपचार गर्दै गर्दा सोमबार राति मृत्यु भएको स्वास्थ्य कार्यलय बागलुङले जनाएको छ । भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित महिला सदस्य हुन् ।

उनी करिब एकहप्ता अघिदेखि बिरामी परेको बताइएको छ । 

प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्