Kathmandu Press

बझाङमा दुई स‌ंक्रमितको मृत्यु

बझाङ, वैशाख २० : बझाङमा कोरोना भाइरसको संक्रमणबाट थप दुईको मृत्यु भएको छ। जिल्ला अस्पतालको कोरोना वार्डमा उपचार गराइरहेका जयपृथ्वी नगरपालिका–३ की ५५...
बझाङमा दुई स‌ंक्रमितको मृत्यु

बझाङ, वैशाख २० : बझाङमा कोरोना भाइरसको संक्रमणबाट थप दुईको मृत्यु भएको छ। जिल्ला अस्पतालको कोरोना वार्डमा उपचार गराइरहेका जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाउँपालिका–१की एक महिलाको मृत्यु भएको हो।

सात दिनदेखि बिरामी रहेकी ५५ वर्षीय महलिा आइतबार मात्र जिल्ला अस्पताल भर्ना भएकी थिइन्। अस्पतालमा भर्ना भएपछि उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनको आइतबार राति ११ बजे उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, मृत्यु हुने अर्की महिलाको कोरोना संक्रमण पुष्टि भएपछि घर जाने क्रममा बाटैमा मृत्यु भएको हो । जिल्ला अस्पतालमा वैशाख १८ गते कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको र १९ गते उनी तल्कोट गाउँपालिका–१ स्थित घर जानलाई सदरकमुकाम चैनपुरबाट हिँडेकी थिइन् । साँझ घर जाने क्रममा अबेर भएपछि उनी आफन्तको घरमा बसेको र राति १२ः०० बजे उनको मृत्यु भएको हो।  

जिल्लामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ भने कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २०४ पुगेको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्लामा सोमबार बिहान १ः०० बजेदेखि निषेधाज्ञा लगाइएको छ ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्