ह्युमानिटी फाउन्डेशनले दियो प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर
कैलाली, वैशाख २० : कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ। कोराना भाइरस संक्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि...
कैलाली, वैशाख २० : कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ। कोराना भाइरस संक्रमणका बिरामीलाई अक्सिजनको अभाव भएपछि फाउन्डेशनले सोमबार ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो।
सदस्यहरुको सहयोगमा फाउन्डेशनले सोमबार पहिलो चरणमा सेती प्रादेशिक अस्पताललाई ९८ थान सिलिन्डर उपलब्ध गराएको छ। फाउन्डेशनका संस्थापक श्याम तायलले डडेल्धुरा अस्पताललाई २२ सिलिन्डर आजै उपलब्ध गराइने बताए।
यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिन्डर र टीकापुर अस्पताललाई २० सिलिन्डर उपलब्ध गराउने फाउन्डेशनले जनाएको छ। अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेशका मुख्य चारवटा अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराइने तायलको भनाइ छ।
प्रकाशित मिति: १२:३६ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











