Kathmandu Press

कैलालीमा कोरोना सङ्क्रमित पत्रकार बढ्दै

कैलाली, वैशाख २० : कैलालीका पत्रकारमा कोरोना सङ्क्रमण पुष्टी हुने बढेको छ । कैलालीमा हालसम्म ११  पत्रकारमा कोरोना सङ्क्रमण पुष्टी भइसकेको छ।सङ्क्रमण देखिएका...
कैलालीमा कोरोना सङ्क्रमित पत्रकार बढ्दै

कैलाली, वैशाख २० : कैलालीका पत्रकारमा कोरोना सङ्क्रमण पुष्टी हुने बढेको छ । कैलालीमा हालसम्म ११  पत्रकारमा कोरोना सङ्क्रमण पुष्टी भइसकेको छ।

सङ्क्रमण देखिएका पत्रकारहरू अधिकांश होम आइसोलेशनमा बसेको पत्रकार महासंघ, कैलालीका अध्यक्ष जोशीले बताए । उनले कोरोना सङ्क्रमणको बेला सचेत रहेर सूचना स्रोता पाठकमाझ पु¥याउनुपर्ने बताए ।

कैलालीमा पत्रकार संक्रमित हुने क्रम बढेपछि पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले अन्य पत्रकारलाई सचेत भएर समाचार संकलन गर्न र पत्रकारको उपचारमा ध्यान दिन सरोकार निकायलाई आग्रह गरेका छन्।

अध्यक्ष रावलले हरेक अप्ठ्यारो परिस्थितिमा जनतामाझ सत्यतथ्य समाचार पु¥याउनु पत्रकारिताको धर्म भए पनि सुरक्षित भएर धर्म निर्वाह गर्नुपर्ने बताए ।

कैलालीमा सङ्क्रमित पत्रकारहरू बढेकामा पत्रकार सम्बद्ध संगठनले पनि चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीका संयोजक भानुभक्त आचार्यले अहिलेको विषम परिस्थितिमा नागरिकको स्वास्थ्यमा ध्यान दिनु नै राज्यको अभिभावकमय दायित्व भएको बताए ।

यस्तै, नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले छिटोभन्दा छिटो सङ्क्रमित पत्रकारका उपचारमा ध्यान दिन सरोकार निकायलाई आग्रह गरे।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्