Kathmandu Press

रोहित बने अर्धसतक बनाउने कान्छो क्रिकेटर

काठमाडाैं, माघ १२- नेपाली युवा क्रिकेटर रोहित कुमार पौडेलले नयाँ कीर्तिमान बनाएका छन्। शनिबार युएईविरुद्ध अर्धशतक प्रहार गरेका उनी कान्छो क्रिकेटरको रुपमा की....

रोहित बने अर्धसतक बनाउने कान्छो क्रिकेटर

काठमाडाैं, माघ १२- नेपाली युवा क्रिकेटर रोहित कुमार पौडेलले नयाँ कीर्तिमान बनाएका छन्। शनिबार युएईविरुद्ध अर्धशतक प्रहार गरेका उनी कान्छो क्रिकेटरको रुपमा कीर्तिमान बनाएका हुन्।

आजको दिनमा रोहितको उमेर १६ वर्ष १४६ दिनका हुन्। आइसीसीका अनुसार उनले क्रिकेट लेजेन्ड भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीलाई पनि पछि पारेका छन्। 

यसअघि टेष्ट क्रिकेटमा तेन्दुल्कर र एक दिवसीयमा अफ्रिदीको नाममा कीर्तिमान रहेको थियो। 
रोहतले युएईविरुद्धको आजको खेलमा ५८ बलमा ७ चौकासहित ५५ रन बनाए।
 

प्रकाशित मिति: १७:०५ बजे, शनिबार, माघ १२, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्