प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी : अध्यक्ष पोख्रेल
काठमाडौं, वैशाख २० : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।अध्यक्ष पोख्रेलले एक शुभकामना सन्देश...
काठमाडौं, वैशाख २० : नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष पोख्रेलले एक शुभकामना सन्देश जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्भिकतापूर्वक उभिई पत्रकारिताको माध्यमबाट राष्ट्र र समाजको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका हुन् ।
‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, नागरिकहरूको सूसुचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउनका लागि पनि प्रेस स्वतन्त्रता अनिवार्य हुन्छ । त्यतिमात्र हैन प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकीकरणको अभियानको एउटा महत्वपूर्ण अंग पनि हो ।’, सन्देशमा उल्लेख छ ।
नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भएतापनि व्यवहारमा त्यसअनुरूप वातावरण बन्न नसकेको भन्दैं प्रेस स्वतन्त्रताको आन्दोलनलाई अझ उचाईमा पुर्याउन पत्रकार महासंघ तथा प्रेस स्वतन्त्रताका पक्षधरहरू एक ठाउँमा उभिन जरुरी रहेको समेत उनले बताएका छन् ।











