Kathmandu Press

लुम्बिनीमा मुख्यमन्त्रीको नियुक्ति अनैतिक र असंवैधानिक : प्रचण्ड

काठमाडौं, वैशाख १९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्ने कार्य अनैतिक र असंवैधानिक भएको...
लुम्बिनीमा मुख्यमन्त्रीको नियुक्ति अनैतिक र असंवैधानिक : प्रचण्ड

काठमाडौं, वैशाख १९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः नियुक्ति गर्ने कार्य अनैतिक र असंवैधानिक भएको बताएका छन्। 

प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन्। उनी अल्पमतमा हुँदा पनि मुख्यमन्त्री नियुक्त गर्नु हास्यास्पद भएको प्रचण्डले जनाएका छन्। 

आइतबार साँझ प्रेस विज्ञप्ति जारी गदैृ प्रचण्डले भनेका छन्, ‘राजीनामालाई सकारात्मक रुपमा लिन सकिन्छ, तर अल्पमतमा रहेका व्यक्तिले नै पुनः संविधानको धारा १६८ (१) अनुरुपका सरकार गठनको दाबी गर्नु आश्चर्य र हास्यास्पद मात्र होइन, अनैतिक र असंवैधानिक छ।’

उनले प्रदेश प्रमुखलाई आफ्नो कदम सच्याउन आग्रह गरेका छन्। नेपाली कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र गरी ४२ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए। पोखरेलको पक्षमा ३७ जना सांसदमात्रै रहेका छन्। 
 

प्रकाशित मिति: २०:३६ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्