कोरोना उपचार तथा नियन्त्रणमा जागरुक नागरिकले जारी गरे सरकारलाई १४ बुँदे ध्यानाकर्षण
काठमाडौं, वैशाख १९ : विभिन्न पेशा तथा व्यवशायमा सक्रिय नागरिकहरुले सरकारले अस्पतालमा शय्या उपलव्ध गराउन नसकिने भनी जारी गरेको विज्ञप्तिप्रति आपत्ती जनाउँदै कोरोना...
काठमाडौं, वैशाख १९ : विभिन्न पेशा तथा व्यवशायमा सक्रिय नागरिकहरुले सरकारले अस्पतालमा शय्या उपलव्ध गराउन नसकिने भनी जारी गरेको विज्ञप्तिप्रति आपत्ती जनाउँदै कोरोना नियन्त्रण तथा रोकथामका लागि १४ बुदे ध्यानाकर्षण गराएका छन्।
आइतबार विभिन्न क्षेत्रमा क्रियाशिल ८७ जनाले सयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणका लागि सुझावहरु ध्यानकर्षण गरेका छन् ।
हेर्नुहास् विज्ञप्ति
जागरुक नागरिकको आह्वान
हाल नेपालमा कोरोना भाइरसका भिन्न–भिन्न ‘भेरियन्ट’हरू व्यापक रूपमा फैलिरहेका छन् । कोभिड–१९ को यो दोस्रो लहरबाट हजारौं नेपालीहरू संक्रमित भैसकेका छन् भने मृतकको संख्या पनि ह्वात्तै बढेको छ । सामान्य उपचारको लागि समेत अस्पतालहरूमा संक्रमितको भिड लागेको छ । अहिलेको अवस्था हेर्दा अझै थुप्रै संक्रमितका लागि अक्सिजन सेवा र सघन उपचार आवश्यक हुने देखिन्छ । यस्तो अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने’ भन्ने पछिल्लो वक्तव्यले आम नेपाली नागरिकलाई चिन्तित र आक्रोशित बनाएको छ ।
यस सम्बन्धमा सरोकारवाला आम नागरिकका तर्फबाट हामी नेपाल सरकार तथा सम्वद्ध निकायहरूको निम्न विषयमा ध्यानाकर्षण गर्न चाहन्छौंः
१. कोभिड संक्रमणको नियन्त्रण र प्रभावकारी व्यवस्थापनका लागि उपलब्ध रहेको सहज समयमा गरिनु पर्ने आवश्यक प्रतिकार्यहरू नगरी अन्तिम अवस्थामा आएर केही स्थानमा निषेधाज्ञा जारी गर्ने कार्यमा मात्र सरकार सिमित भएकोमा खेद व्यक्त गर्दछौं ।
२. जस्तोसुकै अवस्थामा पनि नागरिकको स्वास्थ्य सुरक्षाको दायित्व वहन गर्नुपर्ने सरकारले विशेष उपायहरू केही पनि अवलम्बन नगरी ‘संक्रमण दर बढेमा उपचार अभाव हुने’ वक्तव्य जारी गर्नु आफ्नो संवैधानिक दायित्वबाट बिमुख हुनु र जिम्मेवारीबाट भाग्नु हो । सरकारको यस रवैयाले हामी नागरिकलाई थप भयभित र निराश तुल्याएको छ ।
३. कोभिड–१९ को संक्रमण नियन्त्रण गर्नका लागि लागू गरिएका मास्कको अनिवार्य प्रयोग, व्यक्ति–व्यक्तिबीच दूरी कायम गर्ने जस्ता उपायहरूलाई अत्यन्त कडाइका साथ कार्यान्वयन गरियोस् । यस्ता नियम उल्लंघन गर्ने सर्वसाधारणलाई सम्झाइ–बुझाइ र सचेत पार्ने तथा राज्यका उच्च र जिम्मेवार पदमा रहेर पनि नियमको पालना नगर्ने पदाधिकारीहरूलाई तत्काल जरीवाना गरेर चेतवानी दिने व्यवस्था गरियोस् ।
४. निजी र सामुदायिक अस्पताल एवं नर्सिङ होमहरूमा उपलब्ध स्वास्थ्य–उपकरण र जनशक्तिलाई संक्रमितहरूको उपचारमा सहजतापूर्वक उपयोग गर्ने व्यवस्था गरियोस् ।
५. कोभिड संक्रमण दर बढेसँगै देशभर नै सघन उपचारको आवश्यकता बढ्दै गएको सन्दर्भमा सघन उपचारको यथासक्य थप व्यवस्थापन गर्न हामी जोडदार माग गर्दछौं ।
६. मित्र राष्ट्र तथा दातृ निकायहरूसँग समेत पहल गरी अत्यावश्यक स्वास्थ्य सामग्रीको शीघ्र व्यवस्था गर्न अनुरोध गर्दछौं ।
७. देश भित्रका नागरिक, संघसंस्था, व्यवसायी र स्वयंसेवी संस्थाहरूसँग छलफल गरी माहामारी रोकथाम कार्यमा उनीहरूलाई परिचालन तथा प्रोत्साहित गर्न र आवश्यकता अनुसार सहकार्य गर्न अनुरोध गर्दछौं ।
८. स्थानीय सरकारहरूलाई अघिल्लो वर्ष जस्तै सक्रिय भएर संक्रमण दर रोक्ने गतिविधिहरू सञ्चालन गर्न, स्थानीय स्वास्थ्य संस्थाहरूको उपयोग गर्न र ‘लकडान’का कारण मारमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गर्दछौं ।
९. प्रतिकुल अवस्थाको मौका छोपी स्वास्थ्य सामग्री, खाद्यान्न जस्ता अतिआवश्यक वस्तुहरूमा कालोबजारी गर्नेहरूको पहिचान गरी कारबाही गर्न अनुरोध गर्दछौं ।
१०. यो संकटपूर्ण घडीमा राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय परिषद् लगायतका जनप्रतिनिधिहरूलाई नागरिकका समस्याहरू उठाउन एवं सरकारलाई सक्रिय रूपमा काम गर्न र जनता प्रति जवाफदेही बनाउन आवश्यक भूमिका निर्वाह गर्न अनुरोध गर्दछौं ।
११. सिमा नाका हँुदै नेपाल भित्रिएका नागरिकहरूको कोभिड–१९ संक्रमण भए÷नभएको सुनिश्चितता गर्न आवश्यक परीक्षणको व्यवस्था गरी सिमाना नजिकै क्वारेन्टिनमा कम्तीमा एक हप्ता राखी आवश्यकताअनुसार थप उपचार गर्ने तथा होम आइसोलेशनको लागि सिफारिस गर्ने÷गराउने व्यवस्था गर्न अनुरोध गर्दछौं ।
१२. निषेधाज्ञाका कारण मारमा परेका श्रमिक, बिपन्न वर्ग, सिमान्तकृत समुदाय र ब्यबसहिको लागि राहतको कार्यक्रम सञ्चालन गर्न र बजेट व्यवस्थापन गन अनुरोध गर्दछौं ।
१३. संक्रमित महिला, गर्भवती महिला, एकल महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ती, दीर्घ रोगी, जेष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यकहरू (LGBTIQA) र अति विपन्न वर्गहरूलाई क्वारेन्टाइन तथा आइसोलेशन केन्द्रमा प्राथमिकतामा राखेर उपचार गर्नको लागि अनुरोध गर्दछौं । उक्त केन्द्हरु अपांगता तथा लैंगिक मैत्री बनाउन अनुरोध गर्दछौं ।
१४. नेपाल सरकारका तिनवटै तहहरु– केन्द्रिय, प्रादेशिक तथा स्थानीय सरकारहरुले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेका सबै खर्च विवरणहरु पारदर्शी गर्न अनुरोध गर्दछौं ।
यो कठिन परिस्थितिमा धैर्यधारण गर्दै सकेसक्क घरमै बस्ने र घरबाहिर निस्कनु परेमा सम्पूर्ण स्वास्थ्य नियमहरू पालना गर्न हामी सम्पूर्ण नागरिकहरूलाई हार्दिक आह्वान गर्दछौं !
जागरुक नागरिकहरूः
१. प्रो. डा. हेमराज पन्त, शिक्षाविद्
२. जगन्नाथ लामिछाने, अभियन्ता
३. प्रेम सापकोटा, अभियन्ता
४. गणेश वि.क., महासचिव मासंम, बझाड.
५. मनोमोहन स्वार, पत्रकार, कैलाली
६. वरिष्ठ अधिवक्ता रमेशदेब भट्ट, कन्चनपुर
७. बसन्ती चौधरी, अधिकारकर्मी, कैलाली
८. अधिवक्ता अजय शंकर झा, पिडिएसन, काठमाडौं ।
९. प्रदिप परियार, कार्यकारी निर्देशक, समता फाउन्डेसन ।
१०. भक्त विश्वकर्मा, कार्यवाहक अध्यक्ष, दलित गैह्रसरकारी महासंघ
११. सुमन अधिकारी, कार्यकारी निर्देशक, नेपाल बहिरा महासंघ
१२. रेम वि.क., कार्यकारी निर्देशक, जागरण मिडिया
१३. सन्जु साह, अक्ष्यक्ष, महिला, शान्ति तथा अनुसन्धान केन्द्र, मोराड.
१४. प्रमेश मण्डल, सेफ नेपाल, सिराह
१५. डा. बीरेन्द्रराज पोखरेल, अपाङ्गता र मानव अधिकार अभियन्ता, काठमाडौं
१६. यमलाल लोहोनी, अध्यक्ष, रुपन्देही ब्यापार संघ
१७. दीपज्योति श्रेष्ठ, युवा अभियन्ता, नुवाकोट
१८. जानकी घिमिरे अर्याल, लुम्बिनी प्रदेश अध्यक्ष, मानब अधिकारका लागि एकल महिला समुह
१९. रवी ठाकुर, अध्यक्ष, मधेश मानब अधिकार गृह
२०. जोग बहादुर खत्री, अध्यक्ष उच्च अदालत बार, बुटवल
२१. सिकेन्द्र पसवान, आधिकारकर्मि, बारा
२२. श्याम कुमारी साह, महिला आधिकारकर्मि, सिराहा
२३. फुलमहमद मिया, नागरिक अगुवा, पर्सा
२४. राजेश कर्ण, पत्रकार, जनकपुरधाम
२५. लक्ष्मी श्रेष्ठ, मानवअधिकार कर्मी, कपिलबस्तु
२६. शारदा चन्द, सामाजिक अभियन्ता, कंचनपुर
२७. रमेश राई, ने क पा एमाले, जिल्ला कमिटी सचिवालय सदस्य, इलाम
२८. चक्रराज दाहाल, उप–प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस, धरान
२९. गोविन्दराज गौतम, उपाध्यक्ष, राष्ट्रिय उपभोक्ता मञ्च, बाग्लुङ
३०. टुक बहादुर थापा, अधिवक्ता, कपिलबस्तु जिल्ला बार इकाई, तौलिहवा
३१. विना सिलवाल, गैसस महासंघ, गण्डकी प्रदेश
३२. शिब खकुरेल, संयोजक, इन्सेक, गण्डकी प्रदेश कार्यालय पोखरा
३३. गीरधारी सुवेदी, सयपत्री समाज, पोखरा
३४. थान बहादुर क्षेत्री, सह प्राध्यापक त्रिभुवन विश्वविद्यालय
३५. निर श्रेष्ठ, अपाङ्गता अधिकारकर्मी
३६. लोकेन्द्र सिटौला, उप प्राध्यापक, तेह्रथुम बहुमुखी क्याम्पस, तेह्रथुम
३७. डा.अर्जुन आयडी, सह प्राध्यापक, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत
३८. अमृत कुमार भण्डारी, स्याङजा
३९. भृकुटी राई, सह–निर्माता बोजुबजै पोडकास्ट, काठमाण्डौ
४०. इतिशा गिरी, लेखक÷पोडकास्टर, काठमाण्डौ
४१. विद्या चापागाईं, पत्रकार, काठमाण्डौ
४२. शुभ कायस्थ, नागरिक अभियन्ता, भक्तपुर
४३. रुकमणि महर्जन, अधिबक्ता, काठमाण्डौ
४४. सन्तोष सिग्देल, नागरिक अभियन्ता, काठमाण्डौ
४५. उमिद बागचन्द, पत्रकार, कैलाली
४६. अमुदा मिश्र, अधिकारकर्मी, काठमाण्डौ
४७. अवसना पाण्डे, पत्रकार, काठमाण्डौ
४८. डा. बुद्ध बहादुर थापा, अध्यक्ष नेपाल प्राध्यापक संघ केन्द्रिय समिती
४९. भवानी प्रसाद पाण्डे, पत्रकार, रुपन्देही
५०. गुन्जा राई, महिला अधिकारकर्मी, जनकपुर
५१. कैलाश दाश, प्रदेश अध्यक्ष, नेपाल राष्ट्रिय दलित पत्रकार संघ, जनकपुर
५२. जयकांत गोइत, पूर्व शिक्षक, सप्तरी
५३. भोला पासवान, अधिकारकर्मी, सप्तरी
५४. स्वागतराज पाण्डे, नागरिक अभियन्ता, काठमाडौं
५५. खगेन्द्र लामिछाने, लेखक÷कलाकार
५६. प्रकृति भट्टराई बस्नेत, अभियन्ता
५७. सामसन कार्की, फिल्म मेकर
५८. प्रविन केसी, बिद्यार्थी
५९. दिपक आचार्य, ब्यबसाही
६०. सोम निरौला, मानव अधिकारकर्मी, काठमाडौं ६१. शिवनाथ यादव, युवा अभियन्ता, बिरगंज
६२. दावा ल्ह्यामु शेर्पा, युवा मानसिक स्वास्थ्य अभियन्ता
६३. सुरज रे, बिद्यार्थी÷अभियन्ता
६४. रिचा पालिखे, अभियन्ता÷ब्यबसाही
६५. एनी, अभियन्ता
६६. निरज भारी, प्रकाशक
६७. सौगात वाग्ले, अपांगता अधिकारकर्मी
६८. आनन्द मिश्र, बाताबरण संरक्षण अभियन्ता
६९. परिना चौधरी, यौनिक अल्पसंख्यक अधिकारकर्मी, बाँके
७०. सावित्रा घिमिरे, महिला अधिकारकर्मी, कैलाली
७१. निर्मला बागचन्द, महिला अधिकाकर्मी, कैलाली
७२. टिका दाहाल, अध्यक्ष, अपाड. महिला महासंघ, काठमाडौं
७३. शेनाज बानु, नागरिक अभियन्ता, काठमाण्डौ
७४. देबीदत्त आर्चाय, डेक नेपाल, बाँके
७५.प्रभाकार बागचन्द, अधिकारकर्मी, काठमाडौं
७६. इन्दु तुलाधर, अधिवक्ता, काठमाडौं
७७. योगराज सापकोटा, अधिकारकर्मी, इलाम
७८. सुष्मा बराली, पत्रकार
७९. संगम शेर्पा, व्यावसाही
८०. गोविन्द परियार, पत्रकार
८१. बसन्त चिप्पा, अभियन्ता
८२. भुवन केसी, व्यावसाही
८३. निर्मल उप्रेती, अधिवक्ता, काठमाडौं
८४. खिमा बि.क., अधिकारकर्मी, बर्दिया
८५. नितु पोखरेल, महिला अधिकारकर्मी
८६. सिता सुबेदी, अपाङ्गता महिला अधिकारकर्मीं, झापा
८७. नबिन सिलवाल, अभियन्ता, धादिंग
२०७८ वैशाख १९
काठमाडौं











