पर्यटन मन्त्री ढकाललाई कोरोना संक्रमण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोभिड-१९ पजिटिभ देखिएको छ।
काठमाडौं, वैशाख १९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोभिड-१९ पजिटिभ देखिएको छ।
कोरोना संक्रमणबारे उनी आफैँले फेसबुक पेजमार्फत सार्वजनिक जानकारी दिएका हुन्। उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको छ।
‘आज गरिएको परीक्षणबाट हामी श्रीमान्–श्रीमतीलाई कोरोना संक्रमण भएको नतिजा प्राप्त भएको छ। हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ,’ मन्त्री ढकालले भनेका छन्, ‘यसबीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ।’
प्रकाशित मिति: १८:०२ बजे, आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











