Kathmandu Press

दाङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

दाङमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

दाङ, वैशाख १९ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना संक्रमितको आज मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए। 

तुलसीपुरका पुरुष हिजोदेखि सो अस्पतालमा उपचाररत थिए। उनीको आज दिउँसो  पौने १ बजे मृत्यु भएको हो। त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए। उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो। 

यसैबीच कोरोना अस्पतालमा उपचारत ४० जना कोरोना सङ्क्रमितको ज्यान जोखिममा रहेको व्यवस्थापक वली जानकारी दिए ।

अक्सिजन अभाव हुँदा सङ्क्रमितको ज्यान जोखिममा परेको हो। 'हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी  जानकारी गराउँदा पनि  कुनै सुनुवाइ  नभएको  अहिले  स्थिति सङ्कटपूर्ण हुन लागिसक्यो', उनले भने। हाल कोरोना अस्पताल बेलझुण्डीमा ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्