Kathmandu Press

डडेल्धुराका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना

डडेल्धुरा, वैशाख १९ : यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी...
डडेल्धुराका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना

डडेल्धुरा, वैशाख १९ : यहाँका दुई स्थानीय तहमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ। परशुराम नगरपालिका–९ उदासीपुर गाईबाँधे र आलिताल गाउँपालिका–६ धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो।

प्रहरी प्रधान कार्यालय एवं अपराध अनुसन्धान विभाग कार्य प्रशासन शाखाको पत्रानुसार यस कार्यालयले उदासीपुर गाईबाँधे र धिमडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रजिअ हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी पोष्टको विधिवत् रुपमा उद्घाटन गरी कार्य सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

अहिले अस्थायी प्रहरी पोष्टका लागि स्थानीय सहकारको भवन र विद्यालयको भवनका चार कोठा लिइएको छ। प्रहरी पोष्टका लागि आवश्यक फर्निचरको व्यवस्था गाउँपालिकाले गरेको छ। अस्थायी प्रहरी पोष्टमा दुई प्रहरी हबल्दार र चार प्रहरी जवान गरी छ जना खटाइएको छ भने निकट भविष्यमै प्रहरी सहायक निरीक्षकको नेतृत्व रहने प्रमुख नायब उपरीक्षक महेन्द्र नेपालले बताए।
 

प्रकाशित मिति: १३:०६ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्