शिक्षामा जति बढि लगानी गर्न सकियो मुलुक त्यतिनै विकास हुन्छ : सांसद श्रेष्ठ
काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले राज्यका शिक्षामा जति धेरे लगानी गर्छ त्यतिनै छिटो मुलुकको विकास हुने बताएका छन्।
....
काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले राज्यका शिक्षामा जति धेरे लगानी गर्छ त्यतिनै छिटो मुलुकको विकास हुने बताएका छन्।
विहिबार वजेटमाथिको छलफलका क्रममा सांसद श्रेष्ठले राज्यले शिक्षामा लगानी गर्न कन्जुस्याई गरेकाले बार्षिक १ लाख विद्यार्थी विदेश पढ्न जान बाध्य भएका बताए । 'म लामो समय शिक्षामा काम गरे। शिक्षा एउटा जुत्ता कारखाना होईन' श्रेष्ठले भने, 'जति धेरै लगानी गर्न सकियो त्यति विकास हुने हो । तर शिक्षामा लगानी गरे त्यसको प्रतिफलका लागि २०/३० बर्ष कुर्नुपर्छ।'
सांसद श्रेष्ठले राज्यले शिक्षाका विकासका लागि प्राविधक शिक्षातर्फ पनि केन्द्रीत गर्नुपर्ने बताए । नयाँ वजेटमा केही नयाँ कार्यक्रम भएपनि त्यसको प्रभावकारी कार्यन्वयन आवस्यक रहेको उनले बताए । 'नयाँ भवन बनाउने, मर्जर गर्ने र प्राविधिक शिक्षामा लगानीका कार्यक्रम पनि छन्' सांसद श्रेष्ठले भने, 'विश्वमै शिक्षामा लगानी गरेर प्रतिफल नआएको कहि पनि छैन।'
उनले नेपालको शैक्षिक पाठ्यक्रम परिवर्तन गर्न आवस्यक भएको बताउदै व्यवशायिक र सिपमुलुक शिक्षामा जोड दिनु पर्ने पनि बताए।
उनले सामुदायिक स्कुलहरुको गुणस्तर सुधार गरेर सरकारको लगानीको सदुपयोग गर्न आवस्यक रहेको पनि बताए।
'२९ हजार सार्वजनिक विद्यालय छन् । तर दरवन्दी छैन,' उनले भने, 'शिक्षक राम्रा छैनन् । यसको अनुगमन छैन।'
उनले सबै राज्यले मात्रै गरेर कुनै पनि क्षेत्रको विकास नहुने बताउदै निजि सार्वजनिक साझेदारीको रुपमा शिक्षाको विकासमा पनि अघि बढ्नुपर्ने बताए।
उच्च शिक्षामा निजिलाई किन नदिने ? भन्ने प्रश्न गर्दै सांसद श्रेष्ठले निजिलाई विश्वविद्यालय चलाउन अनुमति दिएर वर्षेनी लाखौ विद्यार्थी विदेशीनबाट रोक्नु पर्ने बताए ।
'प्रत्येक बर्ष एक लाख विदेश पढ्न जान्छन्,' उनले भने, 'त्यसले २ सय अर्ब विदेशमा गएको छ।'
भिडियो










