Kathmandu Press

गुल्मीमा निषेधाज्ञा जारी, सुर्खेतमा एक साता थपियो

काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गुल्मीमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि वैशाख २५ गते...
गुल्मीमा निषेधाज्ञा जारी, सुर्खेतमा एक साता थपियो

काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि गुल्मीमा पनि निषेधाज्ञा जारी गरिएको छ। 

जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो। कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। 

कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सुर्खेतमा निषेधाज्ञा एक हप्ता थपिएको छ। यसअघि वैशाख १४ गतेबाट एक साता निषेधाज्ञा लगाइएको थियो। अब वैशाख २७ गतेसम्म निषेधाज्ञा थपिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। 

थपिएको अवधिमा निषेधाज्ञा पालना गराउन कडाइ गरिने भएको छ। निषेधाज्ञाको उल्लंघन गर्नेलाई कारबाही गरिने उनले बताए। 

प्रकाशित मिति: १८:४१ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्