गौशालामा सेनाको गाडीले औषधि बोकेको गाडीलाई ठक्कर दियो, चालक घाइते

काठमाडौं, वैशाख १८ : गौशालास्थित पिंगलास्थानमा नेपाली सेनाको गाडीले औषधि बोकेको गाडीलाई ठक्कर दिएको छ।
तिव्र गतिमा रहेको सेनाको बा१झ ६२७७ नम्बरको गाडी अनियन्त्रित भइ विपरित दिशाबाट आइरहेको औषधि बोकेको प्रदेश–३–०१–०२३च३१५५ नम्बरको गाडीलाई ठक्कर दिएको हो।
ठक्करबाट दुवै गाडीको अगाडिको भागमा क्षति पुगेको छ भने आर्मीको गाडीका चालक घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सेनाको गाडी गौशालातर्फबाट आउँदै थियो भने औषधि बोकेको गाडी एयरपोर्टतर्फबाट आउँदै थियो।
प्रकाशित मिति: १७:२० बजे, शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











