Kathmandu Press

श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्छ : नेता कोइराला

विराटनगर, वैशाख १८ : प्रदेश नं १ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कोभिड–१९ महामारीका चपेटामा परेका सम्पूर्ण श्रमजीवीको जीवनको सुरक्षा र श्रमिक...
श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्छ : नेता कोइराला

विराटनगर, वैशाख १८ : प्रदेश नं १ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कोभिड–१९ महामारीका चपेटामा परेका सम्पूर्ण श्रमजीवीको जीवनको सुरक्षा र श्रमिक अधिकारको रक्षाका लागि सरकारले ठोस कदम अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्। 

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा अहिले कोरोनाका कारणले विश्व समुदाय अक्रान्त भएको र यसबाट हाम्रा सबै श्रमिक, मजदूर असाध्यै कठिन अवस्थामा परेको तथा कामधन्धा बन्द भएका कारणले प्रदेश सरकारले श्रमिकहरुका लागि विशेष राहतको प्याकेज तत्काल घोषणा गर्नुपर्ने बताएका छन् । उनले कोरोना महामारीको कठिन परिस्थितिमा सरकारले मजदूर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने बताउँदै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्न र श्रमिक मैत्री भएर काम गर्नसमेत आग्रह गरे। 

नेता कोइरालाले श्रमिक समाज राष्ट्रको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै सात सालको क्रान्तिदेखि अहिलेसम्म नेपालका हरेक राजनीतिक आन्दोलनमा श्रमिकहरु अग्रपङ्क्तिमा उभिएकाले अहिले सम्मका सबै परिवर्तनहरु सम्भव भएको बताए। सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सन्देशमा भनेका छन्, ‘नेपालमा परिवर्तनका नायक र परिश्रमका पर्याय श्रमिक वर्गको हितका लागि सरकारले ठोस कदम चाल्नुपर्दछ ।’
 

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, वैशाख १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्