चट्याङबाट सुनसरीमा एक जनाको मृत्यु
सुनसरी, वैशाख १८ : सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको शनिबार चट्याङ लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन्।...
सुनसरी, वैशाख १८ : सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको शनिबार चट्याङ लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन्।
सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए।
प्रकाशित मिति: १६:३३ बजे, शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











