त्रिपुरेश्वरमा खाद्यान्न बोकेको गाडी दुर्घटना
काठमाडौं, वैशाख १८ : काठमाडौंको त्रिपुरेश्वरमा खाद्यान्न बोकेको गाडी दुर्घटना भएको छ। त्रिपुरेश्वरस्थित पशुपन्छी अस्पताल अगाडि भ्यानलाई ओभरटेक गर्ने क्रममा बा–०१–०२५च ०६७२ नम्बरको गाडी दुर्घटना...
काठमाडौं, वैशाख १८ : काठमाडौंको त्रिपुरेश्वरमा खाद्यान्न बोकेको गाडी दुर्घटना भएको छ।
त्रिपुरेश्वरस्थित पशुपन्छी अस्पताल अगाडि भ्यानलाई ओभरटेक गर्ने क्रममा बा–०१–०२५च ०६७२ नम्बरको गाडी दुर्घटना भएको हो ।
खाद्यान्न बोकेको गाडी ओभरटेक गर्ने क्रममा ब्रेक फेल भइ सडकमै पल्टिएको प्रहरी कार्यालय कालिमाटीले जानकारी दिएको छ । सो गाडीले गुडिरहेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सामान्य घाइते भएका छन् ।
गाडी र स्कुटरमा सामान्य क्षती भएपनि मानविय क्षती भने नभएको प्रहरीको भनाइ छ। गाडी चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।



प्रकाशित मिति: ११:०९ बजे, शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











